१० असोज २०७७, शनिवार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बनेपा नगरपालिका-४ श्रीखण्डपुर टोल बस्ने ५६ वर्षीया जयन्ती केसीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले छुट्टाछुट्टै २ वटा बैंकिङ कसुरमध्ये पहिलो मुद्दामा ९ करोड ४७ लाख  ९२ हजार १ सय १६ रुपैयाँ ७८ पैसा जरिवाना र ३ वर्ष कैद तथा दोस्रो मुद्दामा २ करोड ३५ लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैद सजाय ठहर भई फरार रहेकी उनलाई ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी  लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत धुलिखेलमा पेश गरिएकोमा अदालतको आदेशले कैद तथा जरिवाना भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर