९ असोज २०७७, शुक्रवार

एजेन्सी । इटालियन क्लब एसी मिलानका स्ट्रइकर ज्लाटन इब्राहिमोभिचलाई कोरोना संक्रमण देखिएको छ । बिहीबार गरिएको दोस्रो परीक्षणका क्रममा ज्लाटनलाई कोरोना संक्रमण देखिएको हो ।

ज्लाटनलाई कोरोना देखिएको उनको क्लब मिलानले पुष्टी गरेको छ । इटालियन क्लब ले इब्राहिमोभिचलाई दोस्रो परिक्षणमा कोरोना पोजेटिभ देखिएको र उनले केही खेल गुमाउने जनाएको छ । कोरोना संक्रमण देखिएपछि इब्राहिमोभिचले आईसोलेसन सुरु गरेका छन् भने बिहीबार राति भएको युरोपा लिगको तेस्रो चरणको क्वालिफाइङ राउण्ड अन्तर्गत बोडोविरुद्धको खेल गुमाएका थिए ।

ज्लाटन आफैंले पनि सामाजिक सञ्जाल ट्विटरमा आफूलाई कोरोना भएको लेखेका छन् । बुधवार भएको परिक्षणमा नेगेटिभ र बिहीबार गरेको परीक्षणमा पोजेटिभ रिजल्ट आएको उल्लेख गर्दै उनले लेखेका छन्, त्यस्तो कुनै लक्षण कहिल्यै देखिएन, उनले भनेका छन्, “कोविडले मलाई चुनौती दिन साहस गरेको छ । जुन अत्यन्तै खराब हो ।

इब्राहिमोभिच हाल आफ्नै घरमा क्वारेन्टिनमा छन् । इब्राहिमोभिच खेलमा कहिले फर्कने भन्ने विषयमा भने क्लबले खुलाएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर