२०७७ आश्विन ९, शुक्रबार

युरोप लिग विजेता सेभियामाथि संघर्षपूर्ण जीत निकाल्दै च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखले यूईएफए सुपरकपको उपाधिमाथि कब्जा जमाएको छ ।  बायर्नले २–१ को जीत हासिल गर्न सफल रह्यो ।

इभान र्याकिटिचलाई लडाएपछि पाएको पेनाल्टीलाई लुकास ओकाम्पोसले गोलमा परिणत गर्दै खेलको १३ औँ मिनेटमा नै सेभियालाई अग्रता दिलाए ।

पहिलो हाफ सकिनअघि रोबर्ट लेवान्डोस्कीको पासमा लियोन गोर्टेज्काले खेल बराबरी गरे । त्यसपछि बायर्नले अर्को गोलका लागि निकै संघर्ष गर्न पर्यो ।

१०४ मिनेटमा ह्याभी मार्टिनेजले अन्ततः गोल गर्दै बायर्नलाई जीत दिलाए । बायर्न पछिल्लो पटक सन् २०१९ को डिसेम्बरमा पराजित भएको थियो । योसँगै सेभियाको २१ खेलको अपराजित यात्रालाई अन्त्य गर्दै बायर्नले सबै प्रतियोगितामा ३२ खेलको आफ्नो अपराजित यात्रालाई भने जारी राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर