८ असोज २०७७, बिहिवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तानसेन नगरपालिकाले अहिलेसम्मको नगरपालिकाको कामको समिक्षा गर्दै चुनावी घोषणापत्र अनुसार बाँकी काम सम्पन्न गर्दै जाने निर्णय सहित बैठक सम्पन्न भएको छ ।

https://amzn.to/4myfPN5

तानसनेमा बुधबार बसेको नगर कार्यालय कमिटीको बैठकले पार्टी सदस्यहरुको असोज १५ गतेभित्र अभिलेखीकरण र कार्तिक भित्र नविकरण गर्ने निर्णय गरेको छ ।

बैठकमा तानसेन नगरपालिकाका प्रमुख तथा नेकपा प्रदेश कमिटी सदस्य अशोक कुमार शाहीले कोरोना र लकडाउनका बिचमा पनि तानसेन नगरपालिकाले गरेका कामहरुको जानकारी दिनुभयो । कोरोनाको महामारीका बाबजुद तानसेन नगरपालिकाले चुनाबी घोषणापत्रका अनुसार हरियाली बसपार्क निमार्ण, बाटो कटान बिस्तार संगै कालोपत्रे, डम्पीङ साईड व्यवस्थापन सहित बायो ग्यास उत्पादन गरी घरघरमा बितरण, बिग बुद्ध निमार्ण लगायतका योजनाहरु अगाडी बढेको मेयर शाहीले जानकारी दिनुभयो ।

बैठकमा नेकपा नेताहरु धनेन्द्र राज घिमिरे, यादव बहादुर रायमाझी, नारायणी शर्मा, लक्ष्मी पाठक, नेकपा तानसेन सह-इन्चार्ज गुरास आत्रेय लगायतले कार्यकर्ताहरुलाई महामारीमा सरकारका निर्देशनहरु पालना गर्दै विकास निर्माणका योजनाहरुमा चासो र निगरानी बढाउने, तानसनेको समग्र विकासका लागि चुनावमा पार्टीबाट अघि सारिएका योजनाहरु सम्पन्न गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारसंग समन्वय गर्ने, नगरमा देखा परेका विभिन्न समस्याहरुलाइ पार्टीको पहलमा समाधान गर्ने निर्णय गरेको छ  नगर कमिटी अध्यक्ष रामप्रसाद पोखरेलको अध्यक्षतामा बसेको बैठकको सञ्चालन सचिव नारायण बहादुर कार्कीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर