८ असोज २०७७, बिहिवार

बझाङ जिल्लाको मष्टा गाँउपालिका वडा नम्बर २ की एक १२ बर्षिया बालिकाको बलात्कारपछि हत्या भएको छ । बुधबार बेलुका मष्टा गाँउपालिका वडा नम्बर २ की १२ बर्षिया  बालीकाको बलात्कारपछि हत्या भएको वडा नम्बर २ का वडा अध्यक्ष शेर बहादुर खड्काले जानकारी दिनु भयो ।

मृतक बालीकाको शरीरभरी निलडाम छन् । उनको यौनी बाट रगत र पानी समेत बगेको अवस्था छ भने बालीकाले लगाएको सुरुवाल समेत नभएको नग्न अवस्थामा सब फेला पारेको वडा नम्बर २ का वडा अध्यक्ष शेर बहादुर खड्काले जानकारी दिनु भयो ।

बालिकाको कानका लगाएकाम ५ आना बराबरका सुन समेत लुटेर लिएको मृतकका बाजे गोर्ख कामीले बताए । बालीकाका बुबा आमा रोजगारीका लागी भारतमा नै छन् ।  जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक रुपक खड्काको नेर्तत्वको टोली सहीत घटना स्थलमा पुगेको छ । डीएसपी खड्काले बालीकाले कानका लगाएको मुन्द्रा नभएको र बालिकाको बलात्कारपछि हत्या भएको जानकारी दिदै उनले आफुहरु अनुसन्धानमा लागी परेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार