७ असोज २०७७, बुधवार

अष्ट्रियाका एकजना पुरुषले पौडी खेलको कटु मात्र लगाएर आइस क्युव भरिएको काँचको बाकसमा २ घन्टा ३० मिनेट र ५७ सेकेन्ड बसेर नयाँ विश्व किर्तिमन कायम गरेका छन् । कोयवर्ल नामक ति युवकको काँध सम्म आइस क्युव भरिएको थियो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

मेल्क शहरमा आयोजित उक्त साहसिक कार्य प्रत्यक्ष अवलोकन गर्न आएका पत्रकारहरुलाई उनले चिसोको पिडा खप्नका लागि आफुले निरन्तर सकारात्मक भावनाको परिकल्पनना गरेर शरिरमा उर्जा प्रवाह गरेको बताएका छन् ।

तर सन् २०१९ मा उनले नै राखेको किर्तिमान ३० मिनेटले तोड्नका लागि सो बाकसमा ४ सय ४० पाउनड भन्दा बढि आइस राख्नु परेको छ । बाकसबाट निस्कना साथ सूर्यको किरणको स्पर्श पाएर निकै आनन्द लागेको उनले बताएका थिए । उनले आगामी वर्ष अमेरिकाको लस एन्जेल्समा एकपटक पुन यो किर्तिमान तोड्ने योजना सुनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर