६ असोज

श्रीमती जिस्क्याएको निहुँमा सुनसरीको  इनरुवा नगरपालिका एक पुरुषले वृद्धमाथि खुकुरी प्रहार गरेका छन्।

https://amzn.to/4myfPN5

इनरुवा नगरपालिका–८ का बलबहादुर खड्काले छिमेकी ६५ वर्षिय चन्द्रबहादुर कोइरालालाई खुकुरी प्रहार गरेका हुन् ।

खड्काले वृद्धको हर्कतबाट आजित भएर उनीमाथि खुकुरी प्रहार गरेको बयाब प्रहरीसमक्ष बयान दिएका छन्।

शनिबार साँझ  खड्काले घरबाट खुकुरी लिएर गई वृद्धमाथि अन्धाधुन्ध प्रहार गरेका थिए।

सो क्रममा वृद्धकी पत्नी भगवती कोइराला समेत घाइते भएकी छिन्। दुवैको शरीरका विभिन्न अंगमा खुकुरीको चोट लागेको प्रहरीले जानकारी दिएको छ। हतियार प्रहार गर्ने खड्कालाई गाउँलेले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए।

प्रहरीले उनी विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ।

घाइते वृद्धको अवस्था  गम्भिर रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर