हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० की १७ वर्षीया युवतीको मृत्यु भएको कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए।

उनका अनुसार गत भदौ २२ गते ज्वरो र स्वाशप्रश्वासमा समस्या आएर अस्पताल भर्ना भएकी ती युवतीमा भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि कोभिड सघन उपचार कक्षमा उपचाररत् उनको आज मृत्यु भएको अस्पतालले जनाएको छ।

https://amzn.to/4myfPN5

उक्त अस्पतालमा हालसम्म १४ जना संक्रमितको मृत्यु भइसकेको छ। आजै विहान पनि एक जना संक्रमितको मृत्यु भएको थियो।

चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ। उनीहरुमध्ये १८ जना चितवनका हुन् भने अरु बाहिरी जिल्लाका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर