३१ भदौ पाल्पा ।  पाल्पाको माथागढी गाउँपालिकामा बस्ति बिस्तार याेजनाकालागि विनीयाेजित बजेट ५० लाख बाट माथागढी ३ कसेनीकाे दुई टाेलकाे बाटाे कालाेपत्रे हुने भएको छ । यसैगरी माथागढी गाउँपालिका ८ बहादुरपुर ताकातुङ र वडा ७ रहबास जाेड्ने पक्की पुल बनाउन ४ कराेड बजेट विनीयाेजन भएको मा दुईवटा वडा जाेड्ने पक्की पुल बन्ने भएको छ।

प्रदेश सभा सांसद नारायण प्रसाद आचार्यले छलफलमा बाेल्दै याेजनालाई पूर्णरूपमा सम्पन्न गर्नमा आफु प्रतिबद्ध भएको साथै याेजना सञ्चालन र कार्यान्वयनमा स्थानीय उपभोक्ताले विशेष ध्यानाकर्षण गर्नुपर्नेमा जाेड दिनु भएको थियो साथै उक्त बजेट प्रदेश नं. ५ काे पूर्वाधार निर्माण सम्बन्धि शीर्षक बाट बजेट बिनियोजन बताउदै याेजना छिटोभन्दा छिटो सुरु हुने प्रदेश सांसद आचार्यले जानकारी समेत गराउनु भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर