स्याङ्जा, २०७७ भदौ २८ गते
पुतलिबजार नगरपालिका-१३ आहाले बस्ने केहर सिंह नेपालीलाई बाघको जस्तो देखिने हड्डीहरू सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
केहरको घरमा बाघको हड्डीहरु लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले घरकोठा तलासी गर्दा काठको ठेकी भित्र लुकाई राखेको अवस्थामा बाघको जस्तो देखिने टाउको, बङ्गरा च्यापु समेतको भागको ८१ वटा हाडसहित उनलाई पक्राउ गरेको हो ।
उनलाई बरामद हाडहरू सहित आवश्यक कारवाहीको लागी डिभिजन बन कार्यालय स्याङ्जामा बुझाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर