कास्की, २०७७ भदौ २६ गते
सामाजिक सञ्जाल मार्फत कोभिड-१९ को पिसिआर रिपोर्ट सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्वत मोदी गाउँपालिका-७ घर भई हाल कास्की पोखरा महानगरपालिका-५ बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर महानगरपालिका-४ घर भई कास्की पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने २२ वर्षीय निरज लम्साल रहेका छन् । रिमाललाई बुधबार तथा लम्साललाई बिहीबार आ-आफ्नै घर ठेगानाबाट प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट कोभिड-१९ पिसिआर परीक्षण गरेको रिमालको रिपोर्टलाई उनीहरू दुई जना मिलेर उल्टोपाल्टो गरी सामाजिक सञ्जालमा पोष्ट गरी झुट्टा अफवाह फैलाएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरु विरुद्ध झुट्टा अफवाह फैलाउन नहुने सम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर