२३ भाद्र २०७७, मंगलवार
गुल्मीमा एक जना युवकको हत्या गरेर नगद र जिन्सी समान चोरी भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर– १ हस्तिचौरको छिन्ना खेलामा होटेल सञ्चालन गर्दै आएका २३ वर्षीय मोतीबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।
। मृतक कुँवरका दाई सोमबार बिहान आउँदा भाइलाई अचेत अवस्थामा रगताम्य फेला पारेको यमबहादुर कुँवरले बताए ।
मृतक कुँवरको टाउको र सरिरको अन्य भागमा कुटपिट गरेर नगद र जिन्सी समान चोरी भएको प्रहरीले जनाएको छ ।