२३ भाद्र २०७७, मंगलवार

कोरोना महामारिको बेलाम जापानीक नागरिक काजुमासा काकिनी (ओके बाजे )द्धारा माथागढीको बाहादुरपुरमा खाने चामल ( खण्डा ) बितरण गर्नु भएको छ । आज साविक बाहादुर पुर को वडा न २ मा ५० घर परिवारलाइ खाध्य बितरण गरेको रन वीर बरालले जानकारी गराउनु भयो ।
ओके बाजे का अनुसार अझ यस्तै अरु व्यत्ती हरुलाइ सहयोग गरिने वताउनु भयो ।
उहाले स्थानियलाइ आफूले चाहेको खाने कुरा किन्न भनेर बाहादुरपुर २ लाख जल्पाको आर्गी डाडामा १ लाख गरि समाजलाइ रकम सहयोग गर्नु भयको थियो । यो पैसा बाट स्थानिय हरुले खाद्य सामान किनेको बराले जानकारी गराउनु भयो ।यस्तै जल्पाको ढोलिमारामा पनि बितण गर्नु भएको थियो ।
आज भाद्र २० गते बितरण १ लाख ५० हजार बराबरको रहेको थियो । अझ बाकी १ लाख ५० हजारको बितण हुदै छ ।
उहाँ विगत २७ बर्ष देखि पाल्पा जिल्लामा समाज सेवा गर्दै आउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर