२३ भाद्र २०७७, मंगलवार
बगनासकाली गाउँपालिका वडा नं. ७ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि वडा नं. ७ र ८ का विभिन्न क्षेत्र शिल गरिएको छ । समुदायस्तरमा संक्रमण फैलिन सक्ने भन्दै वडा नं. ७ को देउरालीसहित वडाभवन रहेको क्षेत्र र वडा नं. ८ को देउराली देखि न्यौपानेडाँडासम्मका क्षेत्रहरु भाद्र २२ गते सोमबार बेलुकी ५ बजेदेखि अनिश्चितकालसम्मका लागि शिल गरिएको गाउँपालिका कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।