२३ भाद्र २०७७, मंगलवार

पाल्पा जिल्लाकाे माथागढी गाउँपालिकाले वडा नं १ को केही क्षेत्रहरू सिल गर्ने निर्णय गरेकाे छ ।  । वडा नम्बर १ को पूर्वमा थुम्की, पश्चिममा ठुलो पहिरो रातडाडा, उत्तरमा ढुड़ीचौर र दक्षिणमा स्वास्थ्य चौकी बगैचा सम्म शिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले जारी गरेको सुचनामा जनाईएको छ ।

वडा नं १काे वडा कार्यालय, सातदोबाटो लगायतका क्षेत्रमा पसल नखाेल्न,यातायातका साधन नचलाउन र स्थानियलाई अनावश्यक हिड्डुल नगर्न सुचना जारी गरिको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताउनु भएको छ । अधिकृत नेपालले सोही स्थान भएर अन्य स्थानीय तहमा चल्ने सवारी साधनले सो स्थानमा सवारी साधन रोक्ने तथा यात्रुहरूलाई चढाउने , ओराल्ने नगर्न समेत आग्रह गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर