२३ भाद्र २०७७, मंगलवार

बरहथवा नगरपालिका-८ टाँडि र गोडैता नगरपालिका-५ रामवनबाट करिब ३ हजार १ हजार ८० लिटर अवैध घरेलु मदिरा सोमबार बिहान प्रहरीले नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उक्त स्थानका घर जाँच गर्ने क्रममा अबैध रुपमा घरेलु मदिरा उत्पादन गरि राखेको अवस्थामा फेला पारी उक्त परिमाणको मदिरा नष्ट गरेको हो । साथै मदिरा उत्पादन गर्न प्रयोग गर्ने १३ वटा ठूलो ड्रम, २१ वटा ग्याल्डिन र ८ वटा सानो ग्याल्डिन समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर