२३ भाद्र २०७७, मंगलवार

मलेसियामा एक नेपाली नागरिकलाई हत्या अभियोगमा यहाँको अदालतले मृत्युदण्ड दिइने फैसला गरेको छ। आज भन्दा ४ बर्ष अगाडी लोरी चलाउने एक स्थानीय नागरिकको हत्या गरेको ठहर गर्दै उनलाई उच्च अदालतले मृत्युदण्डको फैसला गरेको खुल्नमा आएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

३६ बर्षिय सुरज देव साह तेलीलाई सो घटनामा दोषि ठहर्याउँदै मलेसियन पिनल कोडको दफा ३०२ अन्तर्गत उच्च अदालतका न्यायाधिश मोहम्मद राजिद हारुनले मृत्युदण्डको फैसला गरेको स्थानीय सञ्चार माध्यममा प्रकाशित समाचारमा जनाइएको छ। तेली त्यतिबेला मलेसियामा कृषि श्रमिकका रुपमा कार्यरत रहेको अवस्थामा घटना भएको बताइएको छ।

तेलीले अर्का एक ३४ बर्षिय स्थानीय मलेसियन व्यक्तिलाई सन् २०१६, डिसेम्वर २ तारिखका दिन विहान १ः३० देखि ४ बजेर ५ मिनेटको बीचमा हत्या गरेको प्रहरीको अभियोग थियो जसलाई अदालतले पनि सदर गरेको हो, र १७ अगष्टमा उक्त सजाय सुनाइएको कुरा नेपाली दूतावास मलेसियाको जेल अधिकृत,द्धितिय सचीव प्रतिक कार्कीले बताउनुभयो।

द्धितिय सचीव कार्कीका अनुसार नेपाली दूतावासका तर्फबाट अधिवक्ता खारेन जीतकौरले तेलीको पक्षमा अदालतमा मुद्धा लडेकी थिइन्।
नेपाली दुतावासले तेलीको जीवन रक्षाका लागि पुनरावेदन समेत गरेको जनाएको छ। ती मलेसियाली नागरिकलाई करीब चार बर्ष अघि हत्या भएको दूतावासले स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर