२१ भाद्र २०७७, आइतवार

पोल्यान्ड


एनआरएन पोल्याण्डका अध्यक्ष नरेश सापकोटा नेपाल पत्रकार महासंघको आपतकालीन कोषमा १ लाख बढी रकम सहयोग गरेका छन्।

नेपाल पत्रकार महासंघ युरोप शाखा मार्फत महासंघ केन्द्रीय समितिले श्रमजीवी पत्रकारहरुलाई राहतका लागि बनाएको आपतकालीन कोषमा जम्मा हुने गरी एनआरएनए पोल्याण्डका अध्यक्ष तथा पोल्याण्डका नेपाली व्यवसायी नरेश सापकोटाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। अध्यक्ष सापकोटाले श्रीमती अम्बिका लोहनी सापकोटाको संयुक्त नामबाट उक्त रकम प्रदान गरेका हुन्।

पोल्याण्डबाट यस अघि नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य शेरबहादुर परियारले १ लाख ११ हजार १सय ११ र प्रवासी नेपाली एकता मञ्च पोल्याण्डका अध्यक्ष टंक कटुवालले १ लाख ५ हजार ५ सय कोषलाई सहयोग गरेकाथिए।

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुलाई राहतका लागि आपतकालीन कोषको लागि महासंघको तर्फबाट ३० लाख जम्मा गरेर सुरुवात गरेको कोष कम्तीमा १ करोडको बनाइने बताइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर