२१ भाद्र २०७७, आइतवार

ललितपुर- ललितपुरको भैंसेपाटीमा बस्दै आएकी ३९ वर्षीया गीता केसीको हत्या अरोपमा भतिजा निर्मल केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

हत्यामा संलग्न निर्मललाई केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।

क्राउ परेका निर्मलले अपराध स्वीकारेको ललितपुर प्रहरीले बताएको छ ।

ललितपुर प्रहरीका अनुसार केसीको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित पर्ने सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा हत्या गरेर फालिएको अवस्थामा भेटिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार भतिजा निर्मल र गीताबीच चार वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ ।

प्रेम सम्बन्ध स्वीकारेका निर्मल र मृतकबीच आर्थिक लेनदेनको मामला भने अहिलेसम्मको अनुसन्धानबाट नदेखिएको महानगरिय प्रहरी परिसर ललितपुरका प्रमुख टेक प्रसाद राईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर