२१ भाद्र २०७७, आइतवार
दाङमा सोमबार देखि बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म बजार खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले सोमबारदेखि बिहान ६ बजेदेखि दिउँसो १२ सम्म बजार सञ्चालन गर्ने निर्णय गरेको हो
बैठकले भदौ २८ गतेसम्म लकडाउन गर्ने र केही खुकुलो बनाउँदै सोमवारदेखि लागू हुनेगरि दिउँसो १२ बजेसम्म जोर–बिजोर नम्बर लागू गरेर निजी सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडिओ) तथा समितिका संयोजक गोविन्द प्रसाद रिजालले सार्वजनिक यातायातका साधनहरु भने चल्न नपाउने जानकारी दिए ।