२० भाद्र २०७७, शनिवार

जि.के. पाण्डे
स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ बिर्घा खहरेमा पहिरोबाट बिस्थापित तथा मृतक परिवारका सदस्यहरुलाई आज राहत रकम प्रदान गरिएको छ ।
राहत रकम श्री कृष्णगण्डकी समाज दक्षिणकोरिया, स्याङ्जा परिवार दक्षिण कोरिया, स्याङ्जा सहयोग समाज अन्तरास्ट्रिय समन्वय समितिको संयुक्त पहलमा संकलित नगद दुई लाख पहिरो पीडित परिवारका सदस्य हरुलाइ प्रदान गरिएको हो। कालीगण्डकी गाउँपालिका बिर्घाका उपाध्यक्ष सावित्री कोइराला, जनप्रतिनिधि, सम्पर्क समाजका प्रतिनिधिहरु तथा स्थानीयबासीहरुको रोहवरमा राहत रकम हस्तान्तरण भएको छ ।
गत असार ३० गतेको पहिरोमा परि ३ जनाको मृत्यु , एक जना बेपत्ता र दुई जना घाइते भएका थिए। पहिरो बाट चार घर बिस्थापित भएका थिए। पहिरो पीडितलाई देश विदेशबाट सहयोग रकम प्राप्त हुने क्रम जारी छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर