नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता अनिल शर्मा ‘विरही’ अस्पताल परिसरबाटै पक्राउ परेका छन् । भरतपुर अस्पतालमा उपचाररत उनलाई प्रहरीले शनिबार अपरान्ह गिरफ्तार गरेको छ ।

उनलाई अस्पतालले असार तीन गतेको डिस्चार्ज स्लीप दिएको पारिवारिक स्रोत जनाएको छ । त्यसलगतै प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले धनुषामा विरहीविरुद्ध मुद्धा भएकाले नियन्त्रणमा लिइएको बताए । उनले भने–‘अस्पतालले डिस्चार्ज गरेसँगै नियन्त्रणमा लिएका हौं, उहाँलाई धनुषा पठाउँछौं ।’गत वैशाखमा भर्याङबाट लडेपछि उपचारका लागि पुरानो मेडिकल कलेज पुग्दा उनलाई प्रहरी पक्राउ गरेको थियो । तर चितवन जिल्ला अदालतले आदेश बमोजिम अस्पतालमा नै बसेर उपचार गराइरहेका थिए ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर