२० भाद्र २०७७, शनिवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

पाल्पा — तानसेन–रामपुर सडकअन्तर्गत रम्भा गाउँपालिका वडा नं.-०५ ताँहु मुडुलीचौपारीमा जिपको ठक्करबाट ६० वर्षीय भुपालसिंह रानाको मृत्यु भएको छ ।  ना ३ च ८८०८ नम्बरको जिपको ठक्करबाट शनिबार पैदल हिँडेका राना घाइते भएका थिए । रानाको प्राथमिक स्वास्थ्य केन्द्र ताँहुमा उपचारको क्रममा निधन भएको प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए । रामपुर खाद्यान्न लिएर जाँदै गरेको जिपले अनियन्त्रित भई रानालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

चालकलाइ प्रहरीको नियन्त्रणमा लिइ थप अनुसन्धान जारी रहेकाे प्रहरीले जनाएकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर