२० भाद्र २०७७, शनिवार
काठमाडौं । विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ८ लाख ६५ हजार नाघेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ८ लाख ६५ हजार १५४ संक्रमितको मृत्यु भइसकेको छ । हालसम्म संक्रमितको संख्या २ करोड ६१ लाख ७१ हजार ११२ पुगेको तथ्यांकमा उल्लेख छ ।