२० भाद्र २०७७, शनिवार

पाल्पा जिल्लाको पुर्वखोला कृषि सहकारी संस्थाका ब्यबस्थापक तथा समाजसेवि ,हुमनाथ तिमिल्सिनाको सातौं दिनको पुण्य तिथिमा पुर्वखोला कृषि सहकारी संस्था , शिव दुर्गा मन्दिर समिती र नेकपा पुर्वखोला ३ नं वडा कमिटीले संयुक्तरूपमा हालको अवस्थामा अबलम्बन गर्नुपर्ने आवश्यक मापदण्ड पुरा गरीे शोक सभाको आयोजना गरि सम्पन्न गरेको छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी पाल्पा जिल्ला अध्यक्ष तथा प्रदेश नं ५ का प्रदेश सभा सदस्य नारायण प्रसाद आचार्य , पुर्वखोला गाँउपालिका अध्यक्ष नुन बहादुर थापा , वडा नं ३ का अध्यक्ष निलकण्ठ भट्टराई , शिवदुर्गा मन्दिर समितिका अध्यक्ष निलकण्ठ न्यौपाने ,पुर्वखोला कृषि सहकारी संस्थाका अध्यक्ष बासुदेव न्यौपाने,नेकपा पुर्वखोला ३ नं वडा कमिटिका अध्यक्ष खुम बहादुर पाटा, कुमार राना लगायतकाले स्व तिमिल्सिनाले पार्टी र समाजमा पु¥याउनु भएको योगदानको चर्चा गर्दै पुर्वखोलाको बिकासमा पु¥याउनु भएको योगदानलाई आगामी पुस्ताले अनुसरण गर्दै जानू पर्ने बताउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर