२० भाद्र २०७७, शनिवार

बुटवल उद्योग बाणिज्य संघको कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिले अति बिपन्न परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ ।

समितिले शुक्रबार बुटवलको वडा नं. ६ का अतिविपन्न सय परिवारलाई खाद्यान्न वितरण गरिएको समितिका सभापति अब्दुल सलामदले जानकारी गराउनु भयो ।
दैनिक ज्याला मजदुरी गरि खाने अति बिपन्न परिवारलाई प्रति परिवार ५ किलो चालम तथा एक एक किलो दाल, सोयाविन, नुन र १ लिटर तेल प्रदान गरिएको समितिका उपाध्यक्ष अलिम दिनले बताउनु भयो ।

त्यस्तैगरी बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष उज्ज्वल कसजु, बुटवल उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य दिनेश श्रेष्ठ, मुक्ति अधिकारी, समितिका सचिव प्रकाश पौडेल लगायतका खाध्य वितरण कायर्कममा  सहभागि हुनुहुन्थो ।

वडा अध्यक्ष जगदिश आचार्यले अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेर सरकारले गर्नुपर्ने काम उद्योगी व्यबसायीहरुको समितिले गरेकोमा समितिलाई धन्यवाद दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर