१९ भाद्र २०७७, शुक्रवार

खुशी जीवन नेपाल संस्थाले सन्धिखर्कको वडा न १२र ५ को वाङ्लामा रोग प्रतिरोधक क्षमता बृद्धि गर्ने औषधी वितरण गरेको छ ।
खुशी जीवन नेपाल र जब लिंक रुपन्देशीको संयुक्त अयोजनामा वडाका करीव ७ सय ६७ घर धुरीलाई पुग्ने गरी औषधी वितरण गरीएको हो ।
औषधी बितरण मारवाडी सेवा समाज भैरहवाले उपलब्ध गराएको थियो ।
कार्यक्रम खुशी जीवन नेपालका केन्द्रिय अध्यक्ष महेन्द्र बिक, सन्धिखर्क नगरपालिका वडा न १२ का वडा अध्यक्ष नारायण खड्काको, सागर पाण्डे,रुपा पौडेल लगायतको उपस्थिति रहेको थियो ।
कोभिड १९ लाई मध्य नजर गर्दै होमियोप्याथिक औषधी बितरण गरिएको हो । सस्थाले विभिन्न जिल्लामा औषधी बितरण गर्दै आएको छ । त्यस्तै आजनै सस्थाले पनि बितरण गरिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर