१९ भाद्र २०७७, शुक्रवार

जुन देशमा शुरुको अवस्था देखि १ लाख ५० हजार कोरोनाको संक्रमणको केश देखिएको र उच्च जोखिममा रहेको छ , ति देशहरुको नागरिकलाई प्रवेश निषेध गर्न तयारी गरेको छ । मलेसियाका वरिष्ठरक्षामन्त्री दातुक श्री इस्माइल साब्री याकोबले स्थानीय सञ्चार माध्यम संगको कुराकानीमा उक्त जानकारी गराएका हुन ।

https://amzn.to/4myfPN5

वरिष्ठ रक्षामन्त्री याकोबले भने स्वास्थ्य मन्त्रालयले तयार गरेको बिवरण अनुसार प्रवेश प्रतिबन्धको सूचीमा संयुक्त राज्य अमेरिका, ब्राजिल, फ्रान्स, युनाइटेड किंगडम, स्पेन, इटली, सउदी अरेबिया, रसिया र बंगलादेशका साथै भारत, इन्डोनेसिया र फिलिपिन्स जस्ता तीन देशको नागरिकहरुलाई पनि प्रतिबन्ध लगाइएको र यो नियम ७ तारिखदेखी लागु हुने छ । “तथापि, आपतकालीन अवस्था वा द्विपक्षीय सम्बन्धहरू सम्बन्धी, जस्तै कुनै व्यक्ति देशहरू बीचको बैठकको लागि आउनु पर्छ भने हामी प्रवेश गर्न अनुमति दिनेछौं। तर यसका लागि अध्यागमन विभागबाट अनुमति चाहिन्छ, ”उनले भने।

यसैबीच, इस्माईल साब्रीले भने कि सरकारले उच्च जोखिममा रहेका मलेसियनहरूलाई घर फर्कन अनुमति दिन कुनै समस्या छैन तर मानक सञ्चालन प्रक्रिया (एसओपी) मा तोकिए बमोजिम उनीहरूलाई १ दिने अनिवार्य क्वारेन्टाइन दिइनेछ   दस्टार ले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर