१८ भाद्र २०७७, बिहिवार

 कपिलवस्तुमा लगाएको निषेद्याज्ञाको मौका छोपी बन क्षेत्रमा चोरी तस्करी गर्ने क्रम बढेको छ । गएराती कपिलवस्तुको मायादेवी साझेदारी बन क्षेत्र अन्तरगत वाणगंगा नगरपालिका १० गलहीबाट अवैध रुपमा सालको काठ चोरी गरी लैजाने क्रममा ४ ओटा मोटरसाइकल बरामद भएको छ ।

सव डिभिजन बन कार्यालय पटना, शसस्त्र प्रहरी बल नेपाल सुरक्षा वेस पटना र साझेदारी बनका हेरालु समेतको संयुक्त गस्ती टोलीले २ ओटा मोटरसाइकलमा सालको गोलिया लोड गरेको अवस्थामा बरामद गरेको हो । रातीको समयमा तस्करहरुले गस्ती टोलीलाई देखेपछि चोरी तस्करीमा संलग्न मोटरसाइकल छाडेर भागेपछि करिब १२ घनफिट सालको गोलिया सहित ४ वटा मोटरसाइकल बरामद गरिएको हो ।

सालका काठ चोरी तस्करीमा प्रयोग भएका दुईवटा मोटरसाइकलको नम्बर प्लेट नै नभएकोले चोरीको मोटरसाइकल हुन सक्ने बताइएको छ । अन्य २ वटा भने लु ५ प १२०५ र लु १४ प २३६ नम्बर रहेका छन् ।

अवैध रुपमा काठ चोरी गर्ने संलग्न व्यक्तिहरुको मोटरसाइकलको नम्बरका आधारमा अनुसन्धान गरिने डिभिजन बन कार्यालय कपिलवस्तुका बन अधिकृत मदन मोहन सेण्डीलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर