१८ भाद्र २०७७, बिहिवार

पाल्पाको रामपुरमा ट्रक दुर्घटना हुदा एकाको मृत्यु भएको छ ।  रामपुर नगरपालिका टुनी भञ्ज्याङ्गमा विहान दुर्घटना भएको हो । बुटवलबाट रामपुर जादै गरेको बाग्मती प्रदेश ०३००१००७१ नम्बरको मिनि ट्रक दुर्घटना हुदा सर्लाही जिल्ला बागमती नगरपालिका ७ घर भएका ३० वर्षका सन्तोष गहतराजको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

कालीगण्डकी करिडोरका लागि तार जाली सहित सामान लिएर रामपुर जाने क्रममा ट्रक दुर्घटना भएको हो ।
ट्रक सडकबाट करीव एक सय ५० मिटर तल खसेको छ । चालक भने फरार रहेका छन् । उनको खोजी प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर