१७ भाद्र २०७७, बुधवार
‘हुनेले दिएर जाउ, नहुनेले लिएर जाउ’ भन्दै सन्धिखर्क नगरपालिका वडा नं. १२ मा फुड वैक शुरु भएको छ ।
विदेशमा रहेका र स्थानीय युवाको सक्रियतामा फुड बैंक संचालनमा आएको हो ।
वडा भित्रका सामान्य तथा अति बिपन्न परिवारमा केही राहत पुगोस भनी सन्चालनमा ल्याइएको यस बैंकबाट अत्यावश्यक चामल, नुन, तेल, दाल लगएतका खाद्य सामग्री बितरण गरिएको छ ।

वडा न १२ का वडा अध्यक्ष नारायण खड्का, नेपाली काङ्ग्रेस सन्धिखर्क १२ का वडा सभापती लिलाधर बस्याल, वडा सचिव अनन्तमणी पोख्रेल , डिभर्ना आर्युबेदिकका प्रमुख तिलक जङ्ग जनैदार , प्राबिधिक प्रेम खनाल, नगर स्वास्थ्य केन्द्र झेडिकी प्रमुख सन्जु खनाल, आई एम ई लाईफ अर्घाखाँचीका प्रमुख बोम बहादुर छेत्री लगायतकाले फुडवैकको सुभारम्भमा शुभकामना दिनुभएको थियो ।
फुड बैंक सन्चालनको लागि सन्धिखर्क १२ छाप हाल कतार निवासी बिष्णु शुद्ध कामीवाट १५,१६३रुपैयाँ, साउदीवाट दिपक खड्काले १०,०००, मदन खड्काले ५,०००,चिरन खड्काले ३०००,नेपाली काङ्ग्रेस वडा सभापती लिलाधर बस्यालले २,००० ऋषि क्षेत्रीले २,०००, धन प्रसाद श्रेष्ठले २५ केजी चामल, वडा कार्यालय, स्वास्थ्य कार्यालय, आर्युबेद कार्यालयका कर्मचारीहरुले एक दिन बराबरको तलव कट्टा हुने गरि आर्थिक सहयोग तथा अन्य धेरै सहयोगीहरुले सहयोग गर्नु भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर