१७ भाद्र २०७७, बुधवार

एउटी नेपाली सानी बालिकाले अहिले विदेशी मिडियामा चर्चा पाउन थालेकी छिन्। टिकटकमा अहिले यी बालिकाका भिडियोहरु भाइरल हुन थालेका छन् उनका भिडियोहरु भाइरल हुँदै जाँदा उनी देशबाहिरका मिडियाको नजरमा पनि पर्न थालेकी छिन्। पछिल्लो समय उनीबारे भारतको मिडिया ‘द इण्डियन एक्सप्रेस’ले रिपोर्ट प्रकाशित गरेको छ। रिपोर्टमा उनले धेरैको मन जितेको उल्लेख छ।

https://amzn.to/4myfPN5

समायरा थापा नामकी यी बालिकाका कैयौं छोटा भिडियोहरु अहिले निकै भाइरल भइरहेका छन्। यी भिडियोहरु सुरुमा टिकटकमा शेयर हुन्छन् त्यसपछि कैयौं अन्य अनलाइन प्लेटफर्मसम्म पुग्छन्। यी सानी बालिकाको प्रस्तुतीमा नेटिजेनहरु पछिल्लो समय लोभिन थालेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर