१७ भाद्र २०७७, बुधवार

कर्णालीका हिमाली जिल्लामा खाद्यान्नको अभाव शुरु भएको छ । गतिलो सडक सञ्जाल सँग नजोडिएका कर्णालीका डोल्पा, हुम्ला र मुगुमा खाद्यान्नको अभाव भएको स्थानियले बताएका छन् ।

नेपाल खाद्य संस्थान व्यापार कम्पनी लिमिटेडका खाद्यान्न गोदामहरुमा चामल नहँुदा यति बेला हिमालि जिल्लामा खाद्यान्न अभावको भएको हो । डोल्पाका छार्काताङसोङ गाउँपालिका, शेफोक्सुन्डो गाउँपालिका र डोल्पो बुद्ध गाउँपालिकामा खाद्यान्न अभाव रहेको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले  जानकारी दिनुभएको छ । उहाँकाअनुसार हाल सदरमुकाम दुनै बजारमा रहेको खाद्य संस्थानमा ४ हजार क्वीन्टल मात्र खाद्यान्न स्टक छ । त्यस्तै खाद्यान्न अभाव रहेको भनिएको हुम्लाको अदानचुली गाउँपालिकाको तल्लो र मध्यम भेगका बस्तिहरुमा खाद्यान्न पुगिसकेको भए पनि अन्य क्षेत्रमा अझै पुगेको छैन । नौ हजार जनसंख्या रहेको अदानचुलीमा अहिले ४ हजार क्विन्टल मात्र चामल रहेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले  जानकारी दिनुभयो ।

मुगुमा खाद्यान्न अभाव भएको छ । खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड अन्तर्गतका सबै डिपो हिजो आज खाली छन् । अहिले गमगढीमा रहेको गोदाममा ५ सय ५० क्वीन्टल मात्र स्टक रहेको र स्टोक रहेको चामल दैविप्रकोप पिडित लगायत अत्यावश्यक कार्यमा मात्र वितरण गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा मुगुका कार्यालय प्रमुख कर्णबहादुर रावलले बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर