१७ भाद्र २०७७, बुधवार

पुर्वी नवलपरासी नवलपुरको कावासोती  १७ मा जंगली बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन् । कावासोती १७ का ३२ वर्षिय दिल माया ठकुरी र उनका ससुरा ६६ वर्षिय विष्णु बहादुर ठकुरीलाई आफ्नै बारीमा घाँस काट्ने क्रममा मंगलबार दिउँसो ३ बजे जंगली बँदेलले आक्रमण गरेको नवलपुर प्रहरीले जनाएको छ ।

बँदेलको आक्रमणबाट दिलमायाको शरिरको बिभिन्न भागमा चोट लागेको र अवस्था गम्भिर रहेको जनाइएको छ । यस्तै बिष्णु बहादुरको देब्रे हातमा चोट लागेर घाइते भएका छन् ।

दुबै जनाको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा समान्य उपचार पछि थप उपचारका लागी पुरानो मेडिकल कलेज भरतपुर चितवनमा पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक एवम् सूचना अधिकृत मोहन बहादुर खाँणले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर