छविलाल गिरी

१७ भाद्र २०७७, बुधवार

दार्चुला जिल्लाको दुहु गाउपालिका वडा न. ३ सल्लेखेतिका पहीरो पीडित परिवरलाई सुदूरपश्चिमेलि नेपाली समाज मलेसियावाट सहयोग गरिएको छ । समाजका सल्लाहकार जनक बमको पहलमा जम्मा भएको ३६ हजार ७०० रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।गत साउन १३ गते पहिरोमा परि एकै परिवारका ५० वर्षिय रामदत्त जोशी र ४५ वर्षिय इन्द्रा जोशीको मृत्यु भएको थियो ।
बमको पहलमा मलेसिया स्थीत समाजका सदस्य भित्रबाट उठेको उक्त रकम समाजका कोषअध्यक्ष कैलाश बोहराले समाजका सल्लाहकार समेत रहेका अभियान्ता जनक बम ठकुरी मार्फत पीडित जोशीको परिवारलाई रकम हस्तान्तरण गरियको समाजका महासचिब डम्बर बिस्वकर्माले जानकारी दिनुभयो
समाजका प्रथम उपाध्यक्ष बिरेन्द्र धानुकका अनुसार उक्त रकम सुदूरपश्चिमेलि नेपाली समाज मलेसिया मलक्का क्षेत्रिय समितिबाट ५ हजार २०० रूपैयाँ र बाकी रकम केन्द्रिय कार्यसमितिले सङकलन गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर