१६ भाद्र २०७७, मंगलवार

सल्यानमा प्रहरीले बिहेको जग्गेबाट दुलाहा दुलही, बिहे गराउने पुरोहितसहित पाँच जनालाई पक्राउ गरेको छ। बालविवाह गराउन खोजेको अभियोगमा प्रहरीले बेहुला बेहुली, बेहुलाका बाबु आमा र पुरोहित बाहुनलाई समेत पक्राउ गरेको छ।

आइतबार विहान विहेको जग्गेबाट सल्यानको बागचौर नगरपालिका वडा नं। ८ गैरागाउँ निवासी दुलाहा २५ वर्षीय दिपेन्द्र शर्मा र बाँकेको बैजनाथ गाउँपालिका वडा नं। १ गाभर निवासी १८ वर्षीया लक्ष्मी जैसीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए।

शर्माको घरमै बालविवाह भइरहेको भन्ने सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले दुलाहा–दुलही, दुलाहाका बुवा आमा र पुरेतलाई समेत पक्राउ गरेको डिएसपी खतिवडाले बताए।

इलाका प्रहरी कार्यालय थारमारेवाट खटिएको प्रहरीले टोलीले भदौ १४ गते बिहान ८ बजेतिर बेहुलाका बुवा रेशम प्रशाद शर्मा, बेहुलाकी आमा र पुरोहितलाई समेत पक्राउ गरेको उनले बताए ।
पक्राउ परेकाहरु विरुद्ध सोमवार म्याथ थप गरि अनुसन्धान भइरहेको डिएसपी खतिवडाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर