१६ भाद्र २०७७, मंगलवार
असार २५ गते म्याग्दीको मराङ र बिममा गएको पहिरो पिडितहरुको सहयोगार्थ अमेरीकामा रहेका म्याग्देलीहरुले सहयोग गरेका छना । सोे घटनमा परी ३१ जनाको ज्यान गएको थियो भने करोडौको धनमाल क्षति भएको थियो ।
अमेरीकामा रहेका रमेश तुलाचनको संयोजकत्वमा सहयोग संकलन समिति गठन भएको थियो । सोहि समिति मार्फत अमेरिकाको न्यूयोर्कमा रहेका म्याग्देलीहरुबाट मात्र रु ५० लाख भन्दा बढी रकम संकलन भएको संयोजन तुलाचनले जानकारी दिनुभयो ।
यसरी सकंलन भएको रकम शनिवार र आइतवार म्याग्दीको मालिका,मंगला र धवलागिरि गाउँपालिकाका बाढी पहिरो पीडितहरुलाई वितरण गरिएको छ ।

म्याग्दी समाज न्यूकोर्कले पठाएको रकम पश्चिम म्याग्दीको तीन स्थानीय तहमा बाढीपहिरोबाट ज्यान गुमाएकाको परिवार, घरसहित भत्किएर पूर्ण विस्थापित, सुत्केरी, र घाईतेलाई सम्वन्धित गाउँपालिका प्रमुख, वडा अध्यक्ष म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधि पूर्णबहादुर पुन,पत्रकारद्धय हरिकृष्ण गौतम र धु्रबसागर शर्मा, समाजसेवी रेशम पुन मगरले हस्तान्तरण गर्नुभएको हो ।
समाजले पूर्णरुपमा विस्थापित ९७ घरधुरी लाई प्रति घरधुरी रु २५ हजार, ३१ जना मृतकलाई प्रति मृतक १० हजार, १३ जना घाईतेलाई प्रति घाईते १० हजार र ४ जना सुत्केरी महिलालाई १० हजारको दरले सहयोग हस्तान्तरण गरेको समाजका म्याग्दी प्रतिनिधि पूर्णबहादुर पुनले जानकारी दिनुभयो ।
मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष सिर्जना केसी, मालिका गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका, धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन मगर, उपाध्यक्ष रेशम छन्त्याल,मंगला–५ का अध्यक्ष भुपेन्द्रबहादुर क्षेत्री, मालिका–५ की अध्यक्ष पिपला बुढा, वडा नंं ६ का अध्यक्ष सन्तनाथ सुबेदी, वडा नं ७ का अध्यक्ष रेशमबहादुर जुग्जाली, धवलागिरी गापा–६ का अध्यक्ष राजाराम सुबेदी,वडा नं ७ का अध्यक्ष कलानिधि सुबेदीको रोहबरमा उनीहरुमार्फत नै सहयोग रकम हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर