
नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी: मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’ अन्तर्गत २०८२ साल जेठ १० गते पोखराको चिप्लेढुङ्गामा विशाल जनसभा आयोजना गर्ने भएको छ। गण्डकी प्रदेश समितिको आयोजनामा हुने उक्त सभामा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रम विवरण:
– मिति: २०८२ साल जेठ १० गते (शनिबार)
– समय: बिहान ११:३० बजे
– स्थान: चिप्लेढुङ्गा, पोखरा
– जुलुस प्रारम्भ: सभागृहचोक, पोखरा
यस अभियानको उद्देश्य जनतासँग प्रत्यक्ष संवाद गर्दै पार्टीको नीति, कार्यक्रम र भावी योजनाबारे जानकारी गराउनु रहेको छ। माओवादी केन्द्रले यसअघि ‘जनतासँग माओवादी: तराई–मधेस जागरण अभियान’ सफलतापूर्वक सम्पन्न गरेको थियो, जसले राष्ट्रिय एकता सुदृढ गर्न योगदान पुर्याएको पार्टीले जनाएको छ ।
गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट कार्यकर्ता, समर्थक र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। पार्टीले सबैलाई उक्त जनसभामा उपस्थित भई अभियानलाई सफल बनाउन आह्वान गरेको छ।