स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका–०७, मिर्मीमा अस्पताल सञ्चालनमा आएसँगै ग्रामीण स्वास्थ्य सेवामा ऐतिहासिक परिवर्तन आएको छ। एक समय सामान्य र स-साना उपचारका लागि पनि पाल्पा, बुटवल वा पोखरा धाउनु परेका स्थानीयवासी अहिले आफ्नै गाउँमा सहज, गुणस्तरीय र सुलभ सेवा पाउँदै आएका छन्।

विशेषगरी गर्भवती महिला, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा आकस्मिक बिरामीका लागि मिर्मी अस्पताल जीवनरक्षक सावित भएको छ। उपचारको अभावमा बाटोमै ज्यान गुमाउनु पर्ने विगतका पीडादायी दिनहरू अब स्मृतिमा सीमित हुँदै गएका छन्। अस्पताल सञ्चालनपछि यस्ता घटनामा उल्लेखनीय गिरावट आएको छ, जसले स्वास्थ्य सेवाको प्रभावकारिता स्पष्ट देखाउँछ।

छिमेकी जिल्लाका बासिन्दा पनि लाभान्वित-

मिर्मीमा रहेको यो अस्पताल अब केवल कालीगण्डकी गाउँपालिकाका नागरिकका लागि मात्र नभई पर्वत, गुल्मी र बागलुङ लगायतका छिमेकी जिल्लाका लागि पनि सहज स्वास्थ्य गन्तव्य बनेको छ। यसले गण्डकी प्रदेशको ग्रामीण स्वास्थ्य क्षेत्रमा नयाँ उदाहरण कायम गरेको छ।

निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम: सबैका लागि समावेशी पहल

गाउँपालिकाले सञ्चालनमा ल्याएको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमले जनस्वास्थ्यमा थप पहुँच विस्तार गरेको छ। दलित, विपन्न, अपांगता भएका व्यक्ति, एकल महिला तथा अल्पसंख्यक समुदायलाई प्राथमिकतामा राखिएको यो योजनाबाट हालसम्म हजारौं घरधुरीले लाभ लिइसकेका छन् । बाँकी जनसंख्यालाई पनि सहभागी गराउन पालिकाले निरन्तर आग्रह गरिरहेको छ।

स्वास्थ्य सेवाबाट सामाजिक रूपान्तरण

मिर्मीमा स्थापना गरिएको अस्पताल अब उपचार केन्द्र मात्र नभई जीवन रक्षा र सामाजिक रूपान्तरणको आधारस्तम्भ बनेको छ। ग्रामीण भेगमा नै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु समावेशी विकासको द्योतक हो।

कालीगण्डकी गाउँपालिकाको यो प्रयासले स्थानीय सरकारको जनमुखी, उत्तरदायी र दिगो विकासप्रति समर्पित दृष्टिकोणको उत्कृष्ट उदाहरण पेश गरेको छ।”सहर धाउनु पर्ने बाध्यता टरेको छ, गाउँमै न्यानो उपचार र आशाको स्पर्शले कालीगण्डकी बासिलाई सुरक्षित र भरोसायुक्त अनुभूति दिलाइरहेको छ।”

प्रतिक्रिया

सम्बन्धित खवर