काठमाडौं — अमेरिकी सरकारद्वारा प्रदान गरिने डिभर्सिटी भिसा (DV) कार्यक्रमअन्तर्गत डिभी–२०२६ को नतिजा मे ३, २०२५ बाट सार्वजनिक हुँदैछ। नतिजा अमेरिकी पूर्वी समय (EST) अनुसार दिउँसो १२ बजे देखि Electronic Diversity Visa (E-DV) वेबसाइटमार्फत हेर्न सकिनेछ।

डिभीको नतिजा हेर्नका लागि आवेदन दिने क्रममा प्राप्त कन्फर्मेसन नम्बर, नाम, जन्म मिति लगायतका विवरण अनिवार्य रूपमा चाहिनेछ। आवेदकले आधिकारिक वेबसाइटमा गई आफ्नो स्टाटस चेक गर्नुपर्नेछ। यसका लागि कुनै इमेल वा पत्र प्राप्त हुने छैन।

https://amzn.to/4myfPN5

यसअघि आवेदन दिएको डिभी–२०२५ का सहभागीहरूले भने आगामी सेप्टेम्बर ३०, २०२५ सम्म आफ्नो नतिजा जाँच गर्न पाउनेछन्।

डिभी आवेदन तथा नतिजा सम्बन्धमा हुने ठगी र अफवाहबाट सचेत रहन र केवल आधिकारिक वेबसाइट [https://dvprogram.state.gov](https://dvprogram.state.gov) बाट मात्र जानकारी लिन सम्बन्धित निकायले आग्रह गरेका छन्।

खुल्ने समय मिति: 

– डिभी–२०२६ नतिजा सार्वजनिक: मे ३, २०२५

– समय:  दिउँसो १२ बजे (EST)

– वेबसाइट: [https://dvprogram.state.gov](https://dvprogram.state.gov)

नतिजा हेर्न कुनै शुल्क लाग्दैन। दलाल वा तेस्रो पक्षको भर नपर्नुहोला। #rastradaily

प्रतिक्रिया

सम्बन्धित खवर