काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनलाई गम्भीरतापूर्वक लिन सरकार र राजनीतिक दलहरूलाई चेतावनी दिएका छन्। उनले संशोधनप्रति लापरवाही गरेमा यो विषय ‘पेन्डोराज् बक्स’ बन्न सक्ने स्पष्ट संकेत दिएका छन्।

आइतबार एक कार्यक्रममा बोल्दै प्रचण्डले अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्ने र निर्वाचन प्रणालीमा सुधार गरेर देशलाई स्थायित्व र विकासको दिशामा अघि बढाउने समय आइसकेको बताए।

“संविधान संशोधन र निर्वाचन प्रणाली सुधार नगरी देशमा स्थायित्व र समृद्धि सम्भव छैन,” प्रचण्डले भने, “अब ढिला गर्नु हुँदैन। संविधान संशोधनका सवाललाई गम्भीरतापूर्वक लिएनौं भने यो पेन्डोराज् बक्स बन्नेछ।”

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाने प्रस्तावसहित देशको राजनीतिक प्रणालीमा रुपान्तरण ल्याउनुपर्ने आवश्यकता औंल्याए। प्रचण्डले संविधान संशोधन र निर्वाचन प्रणाली सुधारलाई वर्तमान समयको प्रमुख राष्ट्रिय एजेण्डाका रूपमा लिँदै सबै राजनीतिक दलहरूलाई गम्भीर छलफल र सहमतिमा जुट्न आह्वानसमेत गरे।

राजनीतिक स्थायित्व बिना मुलुकको समृद्धि र विकासको यात्रा अवरुद्ध हुने भन्दै उनले आम नागरिकको अपेक्षालाई ध्यानमा राखी अब ढिलाइ नगर्न चेतावनी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर