स्याङ्जा – गल्याङ नगरपालिकाले सुत्केरी महिलाहरूलाई लक्षित गर्दै “उपप्रमुखसँग सुत्केरी भेटघाट तथा पोषण झोला वितरण कार्यक्रम” सम्पन्न गरेको छ।

नगरपालिकाको आयोजनामा वैशाख १४ गते गल्याङ नगरपालिका वडा नं. ८ र वडा नं. ११ मा गरी जम्मा ४७ जना सुत्केरी महिलाहरूलाई पोषण सामग्रीसहितको झोला वितरण गरिएको हो। कार्यक्रममा वडा नं. ८ का १७ जना र वडा नं. ११ का ३० जना सुत्केरी सहभागी भएका थिए।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कार्यक्रममा उपप्रमुखसहित स्वास्थ्य शाखाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सुत्केरी आमाहरूको पोषण सुधार गर्दै आमा तथा शिशुको स्वास्थ्य सुदृढ बनाउने उद्देश्यसहित उक्त कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ।

गल्याङ नगरपालिकाले आगामी दिनमा पनि मातृ तथा शिशु स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर