गुल्मीको कालीगण्डकी गाउँपालिकाले शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई वैशाख १४ गतेदेखि अनिवार्य रूपमा विद्यालयमा उपस्थित भई पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ।

गाउँपालिकाले जारी गरेको सूचनामा सो मितिमा उपस्थित हुन नसक्ने शिक्षक तथा कर्मचारीहरूले अनिवार्य रूपमा राजीनामा दिन वा सरुवा प्रक्रिया अगाडि बढाउन समेत आग्रह गरिएको छ।

विद्यार्थीहरूको शैक्षिक अधिकार सुनिश्चित गर्न र शैक्षिक क्यालेन्डर प्रभावित हुन नदिन यस्तो कडाइ गरिएको गाउँपालिकाले जनाएको छ।

यस निर्णयले शिक्षक आन्दोलनको कारण पठनपाठन प्रभावित भइरहेका विद्यालयहरूमा पठनपाठन नियमित गर्ने उद्देश्य राखेको स्पष्ट भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर