
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भ्रष्टाचार, कुशासन, मूल्यवृद्धि र जनविरोधी शासन शैलीका विरुद्ध देशव्यापी शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको छ।
पार्टीले आगामी वैशाख ९ गते देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा धर्ना र ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ।
“व्यवस्था बदलौं, अवस्था बदलौं !!” नारासहित अघि बढाइएको यस अभियानमार्फत जनतालाई व्यापक रूपमा गोलबन्द गर्दै सरकारलाई नवीन राजनीतिक समझदारीका लागि बाध्य पार्ने उद्देश्य लिएको बताइएको छ।
राप्रपाले सम्पूर्ण नागरिकलाई भ्रष्टाचार र कुशासनविरुद्धको यो अभियानमा सहभागिताका लागि आह्वान गरेको छ। पार्टीका शीर्ष नेताहरूले विभिन्न जिल्लामा नेतृत्व गर्ने तयारीसमेत गरेका छन्।
राप्रपाले यो आन्दोलनलाई लोकतान्त्रिक अधिकार भित्रको जनदबाव अभियान मानेको छ र सशक्त जनसहभागिता नै परिवर्तनको प्रमुख आधार हुने विश्वास व्यक्त गरेको छ।