निरन्तर शिक्षक आन्दोलन चुलिँदै गएको बेला शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार भेटेर उनले औपचारिक रूपमा राजीनामा बुझाएकी हुन्।

शिक्षा विधेयक, शिक्षक हितका विषय र आन्दोलनको विषयमा लामो समयदेखि प्रधानमन्त्री र शिक्षामन्त्रीबीच मतभेद रहँदै आएको थियो। आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न नसकेको भन्दै मन्त्रालयमाथि चर्को आलोचना भइरहेको थियो।

भट्टराईले यसअघि सार्वजनिक रूपमा विद्यालय शिक्षा ऐन नल्याउने हो भने पदमा रहनुको अर्थ छैन भन्ने अभिव्यक्ति दिएकी थिइन्। उनी शिक्षाको सुधार र शिक्षक अधिकारको पक्षमा आफूले सक्दो प्रयास गरेको तर राजनीतिक असहयोगका कारण अपेक्षित परिणाम दिन नसकेको बताउँदै आएकी थिइन्।

अब शिक्षामन्त्रीको राजीनामापछि शिक्षा क्षेत्रमा जारी अन्यौलता र आन्दोलन झनै गहिरिन सक्ने देखिएको छ। सरकार अब कसरी अगाडि बढ्छ र आन्दोलनको निकास कसरी खोजिन्छ भन्नेमा सबैको चासो केन्द्रित भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार