काठमाडौं, चैत १७ – सरकारले इस्लाम धर्मावलम्बीहरूको महान चाड इद उल-फित्र (Eid-ul-Fitr) का अवसरमा चैत १८ गते सोमबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गृह मन्त्रालयले आइतबार जारी गरेको सूचनामा २०८० माघ २९ गते राजपत्रमा प्रकाशित निर्णयअनुसार इद उल-फित्रको दिन बिदा दिने व्यवस्था गरिएको उल्लेख छ।

https://amzn.to/4myfPN5

इद उल-फित्र इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्वमध्ये एक हो, जुन रमजान महिनाको उपवास समाप्त भएको संकेतस्वरूप मनाइन्छ। नेपालमा रहेका मुस्लिम समुदायले यस दिन विशेष नमाज, परोपकार तथा पारिवारिक जमघटका साथ उत्सव मनाउने गर्छन्।

सरकारले यस पर्वका अवसरमा मुस्लिम समुदायलाई शुभकामना दिँदै सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावना सुदृढ होस् भन्ने कामना गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर