काठमाडौं, १५ चैत – राजधानीको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शन हिं’स’ात्मक बन्दा आगजनी, तोडफोड, लुटपाट र प्रहरीमाथि आक्रमण जस्ता गम्भीर घटनाहरू घटेका छन्। सरकारले यी गतिविधिलाई योजनाबद्ध षड्यन्त्रको रूपमा लिँदै पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रत्यक्ष रूपमा जिम्मेवार ठहर गर्ने तयारी गरेको छ।

पूर्वराजाले निर्देशन दिएको दाबी

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सरकारका एक उच्च स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र शाहले नवराज सुवेदी र दुर्गा प्रसाईंलाई निर्मल निवासमा बोलाएर आन्दोलनलाई हिंसात्मक बनाउन निर्देशन दिएका थिए। यही योजनाअनुसार प्रदर्शनकारीहरू आक्रामक बन्दै तोडफोडमा उत्रिएको सरकारको ठहर छ।

“योजनाबद्ध अपराध” मा सरकारको कारबाही

सरकारले निजी तथा सरकारी सम्पत्तिको क्षति, प्रहरीमाथिको आक्रमण, लुटपाट, हतियार खोस्ने प्रयास लगायतका गतिविधिहरूलाई “योजनाबद्ध अपराध” को रूपमा व्याख्या गर्दै घटनाका मुख्य योजनाकारहरूमाथि कडा कारबाही गर्ने तयारी गरेको छ।

स्रोतका अनुसार सरकारले दुर्गा प्रसाईं, नवराज सुवेदीसहितका प्रमुख राजावादी नेताहरूमाथि छानबिन अघि बढाउने निर्णय लिइसकेको छ। गृह मन्त्रालयले सुरक्षा संयन्त्रलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइसकेको छ भने आगामी दिनमा यस्ता हिं’सात्मक गतिविधि नदोहोरियोस् भन्ने उद्देश्यले कडा सुरक्षा रणनीति अपनाउने बताएको छ।

प्रदर्शनको नाममा अराजकता?

तीनकुनेमा भएको घटनाले आन्दोलनको स्वरूपमाथि गम्भीर प्रश्न उठाएको छ। शान्तिपूर्ण प्रदर्शनको नाममा आगजनी, प्रहरीमाथि आ’क्रम’ण र तोडफोडलाई कसरी जायज ठह’राउने? आन्दोलनको नेतृत्वकर्ता भनिएका दुर्गा प्रसाईं लगायतका नेताहरूको भूमिका विवादास्पद बनेको छ।

अब सरकारले यस घटनालाई कसरी सम्हाल्छ? पूर्वराजामाथि साँच्चै कानूनी कारबाही अघि बढ्छ? यी प्रश्नहरूको उत्तर आगामी दिनमा स्पष्ट हुँदै जानेछ।

#rastradaily

प्रतिक्रिया

सम्बन्धित खवर