काठमाडौं, ११ चैत्र – नेकपा (एमाले) ले पार्टीको हालै सम्पन्न सचिवालय बैठकसँग सम्बन्धित मिडियामा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै कडा प्रतिक्रिया जनाएको छ। पार्टीले केही नेपाली र विदेशी मिडियाहरूमा प्रकाशित समाचारलाई निराधार र अतिरञ्जित भन्दै ती समाचारहरूले अनावश्यक सनसनी फैलाउने र नेपाल-भारत सम्बन्धमा आशंका उत्पन्न गर्ने उद्देश्य राखेको आरोप लगाएको छ।

पार्टीले स्पष्ट रूपमा भन्यो, “नेपालको संविधान र हाम्रो अवलम्बन गरेको लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम चयन हो। कुनै पनि लोकतान्त्रिक मुलुकमा निरङ्कुशतन्त्रको स्थापना स्वीकार्य हुँदैन भन्ने कुरामा हामी दृढ छौँ।”

नेकपा (एमाले) ले इतिहासको पाङ्ग्रालाई पछाडि फर्काउने कुनै पनि प्रयासलाई नेपाली जनताले सहजै विफल पार्ने विश्वास व्यक्त गर्दै भने, “हामीलाई विश्वास छ कि नेपाली जनताले कुनै पनि अस्वीकृत विचारलाई असफल बनाउनेछन्।”

पार्टीले नेपाल-भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन, कुटनीतिक माध्यमबाट कुनै पनि विषयको समाधान गर्न र बलियो विकास साझेदारी अगाडि बढाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै, संवेदनशील विषयमा कुनै समाचार वा टिप्पणी प्रस्तुत गर्नु अघि पार्टीको आधिकारिक धारणा बुझेर मात्र प्रकाशन र प्रसारण गर्न आह्वान गरेको छ।

यस सम्बन्धमा नेकपा (एमाले) ले प्रेस वक्तव्य जारी गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर