१५ भाद्र २०७७, सोमवार
देशभरका आंशिक प्राध्यापकहरूले ‘त्रिभुवन विश्वविद्यालय अतिरिक्त कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ जलाएका छन् । निर्देशिकाले समान कामको समान ज्याला व्यवस्थापन नगरेको र बौद्धिक शोषण गरेको बताउँदै उनीहरुले निर्देशिका जलाएका हुन् ।
यसैक्रममा त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाका आंशिक प्राध्यापकहरुले निर्देशिका जलाएका छन् । निर्देशिका आंशिक प्राध्यापकलाई बाँध्ने किसिमले ल्याएको भन्दै जलाईएको बताए । नेपाल आंशिक प्राध्यापक संघ त्रिबक्या, पाल्पाका अध्यक्ष कृष्ण आलेले निर्देशिकाले आंशिक प्राध्यापकको माग र मर्मलाई सम्बोधन गर्न नसकेको र वौद्धिक शोषण गर्ने प्रेरित गरेकोले जनाईएको बताए । जनाभन्दा कम विद्यार्थी भएको कक्षामा उक्त कक्षा विद्युतीय माध्यमबाट पढाउने भनी आंशिक प्राध्यापकबाट हटाउन खोजेको जस्ता विषयले आंशिकका हितमा रहेको छैन भन्दै सोमबार दिउँसो त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको प्राङगणमा भेला भएर आंशिक प्राध्यापकहरुले नाराबाजी पनि गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयमा समान ज्याला र सेवासुविधाको माग गर्दै आंशिक प्राध्यापकहरू २०७६ को चैत ६ गतेदेखी नै आन्दोलनरत छन् । अहिले उनीहरूलाई प्रतिपिरियड ३ सय ५० रुपैयाँ पारिश्रमिक दिने गरिएको छ । त्यसमा पनि १५ प्रतिशत कर कटाउन गरिएको छ ।

 

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर