कर्णाली प्रदेशका २६ क्याम्पसहरूमा सम्पन्न स्ववियु निर्वाचनमा नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी संगठनले सबैभन्दा धेरै जित हात पारेको छ। अखिल क्रान्तिकारीले कर्णाली प्रदेशका १२ क्याम्पसमा विजय प्राप्त गरेको छ, जसले यसलाई प्रदेशमा पहिलो स्थानमा पुर्याएको हो।

अर्को प्रमुख प्रतिस्पर्धी नेकपा (एमाले) निकट अनेरास्ववियुले ८ क्याम्पसमा जित हात पारेको छ। यसै गरी, नेपाली कांग्रेस निकट नेविसंघले ६ क्याम्पसमा विजय प्राप्त गरेको छ।

अखिल क्रान्तिकारीले जितेका क्याम्पसहरू:

१. शीतल क्याम्पस, चौरजहारी, रुकुम – प्रकाश डाँगी
२. राडिज्युला शिक्षा क्याम्पस, रुकुम – सुप्रिम वली
३. सानोभेरी शिक्षा क्याम्पस, रुकुम – वीरभान भण्डारी
४. सिम्रुतु शिक्षा क्याम्पस, रुकुम – दीपेन्द्र वली
५. सूर्योदय क्याम्पस, श्रीनगर, हुम्ला – रीमिलाल बुढा
६. बनगाड क्याम्पस, सल्यान – जीवन विष्ट
७. लिकु संयुक्त क्याम्पस, डोल्पा – राजेन्द्र गिरी
८. सिजा बहुमुखी क्याम्पस, जुम्ला – सन्तोष आचार्य
९. स्यार्पु बहुमुखी क्याम्पस, रुकुम – टेकराज विश्वकर्मा
१०. जनकल्याण क्याम्पस, सल्यान – गणेश वली
११. जनचेतना बहुमुखी क्याम्पस, कालिकोट – बसराज बोहरा
१२. फारुल्ला बहुमुखी क्याम्पस, सल्यान – हिमा शर्मा

नेविसंघले जितेका क्याम्पसहरू:

१. कपुरकोट बहुमुखी क्याम्पस, सल्यान – दीपेन्द्र बुढा मगर
२. शिवजन क्याम्पस – संजय हमाल
३. चनुदेव हिरा सुरेन्द्र पूर्ण क्याम्पस, मुगु – धनचन्द्र कार्की
४. मानसरोवर बहुमुखी क्याम्पस, हुम्ला – सागरकुमार शाही
५. कालागाड बहुमुखी क्याम्पस, जाजरकोट – विशालविक्रम चुनारा
६. गुर्भाकोट बहुमुखी क्याम्पस, सुर्खेत – मोहन विष्ट

अनेरास्ववियुले जितेका क्याम्पसहरू:

१. शारदा क्याम्पस, सल्यान – विश्व खडका
२. सल्यान बहुमुखी क्याम्पस, सल्यान – विशाल पुन मगर
३. सिम्ता बहुमुखी क्याम्पस, सुर्खेत – रुद्र रावत
४. हिमशिखर क्याम्पस, मुर्खेत – मिना रावत
५. अमरदीप क्याम्पस, सुर्खेत – विशाल रावल
६. हिमज्योति क्याम्पस, हुम्ला – जयराज सन्ज्यान
७. डोल्पो क्याम्पस, डोल्पा – गोकर्ण बुढाथोकी
८. जुम्ला बहुमुखी क्याम्पस, जुम्ला – लोकेन्द्र बुढा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार